कमजोर बन्दै अभिषेक/ऐश्वर्याको सम्बन्ध : अलग हुन सक्ने

0
460

काठमाडौं, २० फागुन । अमिताभ बच्चनको नातिनी तथा अभिषेक बच्चन र ऐश्वर्या बच्चनको छोरी आराध्या अहिले ५ बर्षकी भइन् । तर यतिबेला अभिषेक र ऐश्वर्या बच्चनले आफ्नो छोरीको भविष्यलाई लिएर फरक फरक विचार राख्दै आइरहेका छन् ।

भारतीय मिडियाकाअनुसार छोरीको भविष्यलाई लिएर उनीहरुबीच झैझगडा हुन थालेको छ । छोरीको कारण नै यी दुई जोडी अलग हुन सक्ने अनुमान गरिन थालिएको बताइएको छ । अभिषेक आराध्यालाई नायिका बनाउन चहान्छन् भने ऐश्वर्या उनलाई बलिउडमा नल्याउने बताउँदै आएकी छिन् ।