विवाह पछि नखानुस् यि केहि खानाहरु

0
627

विवाह पछि अधिकांस मोटाउने गर्छन् । यसबारे व्यक्तिपिच्छे फरक फरक धारणा पाइन्छ । कतिले सन्तुष्टीको कारण बताउँछन् भने कतिपयले खानपानको कारण विवाहअघि भन्दा विवाहपछि व्यक्ति मोटाउछन् भन्ने धारणा राख्दछन् । हुन पनि खानपानले व्यक्तिको जीवनमा प्रत्यक्ष प्रभाव पारेको हुन्छ । अमेरिकन जर्नल अफ क्लिनिक न्युट्रीसिनले गरेको एक अनुसन्धान अनुसार विवाह पछि ‘‘फास्ट फुड’ धेरै खानाले मोटोपनाको शिकार भइने बताउँछ ।‘‘फास्ट फुड’ले मात्र नभइ अन्य खानाले पनि मोटोपना बढ्ने सम्भावना रहन्छ ।

विवाह पश्चात किन मोटाउँछन् पुरुष ? यी हुन् ६ कारण

कफि –विहान, साझ, फुर्सदमा होस या जतिबेला पनि कफि खाने बानी आम मान्छेमा प्रचलित छ । तर १ कप कफिमा २०० क्यालोरी हुन्छ । यसमा चिनी राख्नाले क्यालोरिको मात्रा झनै बढ्ने हुन्छ । त्यसैले कफि पिउंदा चाडो तौल बढ्छ ।

फलफुलको जुस (यसमा गुलियो पदार्थ धेरै हुन्छ । शरिरले बढी कार्बोहाइड्रेड खपत गर्न सक्दैन। जसको फलस्वरुप शरिरमा बोसो खपत हुँन पाउँदैन अनि पेट लाग्ने गर्छ।

सेतो पाउरोटी – चिया संग होस् या खाजाको रुपमा सबैभन्दा सजिलो मानिने चिया पाउरोटीमा ग्लाइसेमिक इंडेक्सको मात्रा धेरै हुन्छ । जसले शरिरमा रगतको मात्रा उच्च गराई अनावश्यक तौल बढाउँछ।

दूध- १ कप दुधमा २८५ क्यालोरी पाइन्छ । यसमा पाइने चिल्लो पदार्थको कारण तौल बढ्ने हुन्छ ।

ह्वाइट चकलेट – यसमा चिनीको मात्रा धरै हुने भएकोले माटोपना बढाउनमा सहयोग गर्दछ ।

कोल्ड ड्रिंस् – यसमा कृत्रिम गुलियो पदार्थ मिसाइएको हुन्छ । जसका कारण छिटो छिटो भोक लाग्ने हुन्छ र पेटमा तथा पाखुराहरुमा अनावश्यक वोसो जम्मा हुन्छ ।

चिज – चिजमा अत्याधिक मात्रामा चिल्लो पदार्थ पाइन्छ । चिजबाट बनेका परिकार खानाले तीव्र मोटोपनाको शिकार भइन्छ ।

बटर र घ्यू – यसमा पनि अधिक मात्रामा क्यालोरी पाइन्छ । दैनिक बटर खानाले तौल बढ्दै जान्छ ।a