एमाले नेताहरुलाई दिइएको सुरक्षा हटाउन सत्तारुढ मोर्चा र प्रशासनबीच सहमति

0
556

सप्तरी, २७ फागुन–रज्यका तर्फबाट एमालेका नेतालाई दिइएको सुरक्षा हटाउन सत्तारुढ मधेसी मोर्चा र स्थानीय प्रशासनबीच सहमति भएको छ । बिहीवार सप्तरीमा बसेको मधेसी मोर्चा र स्थानीय प्रशासनको बैठकले एमाले नेता कार्यकर्तामाथि राज्यका तर्फबाट सुरक्षा दिइन नहुने मोर्चाको मागलाई सदर गरेको हो ।

तराईका विभिन्न जिल्लामा एमाले कार्यकर्ता र कार्यालयमाथि हिंसात्मक आक्रमण र आगजनी गर्दै आएको सत्तारुढ मोर्चाले सप्तरीमा एमालेको सभाको सुरक्षा गरेकामा सरकारलाई दिएको समर्थन समेत फिर्ता लिने चेतावनी दिएको थियो । एमालेका कार्यालयहरुमा आगजनी र आक्रमण गर्न पाउनु पर्ने, एमालेका सभाहरुमा बम आक्रमण गर्न पाउनु पर्ने तर, राज्यले एमालेका नेता कार्यकर्तामाथि सुरक्षा गर्न नपाउने मोर्चाको सर्त थियो ।

एमालेका नेताहरुलाई मोर्चाले आक्रमण गर्ने छुट र राज्यले सुरक्षा नगर्ने प्रतिवद्धता जनाए मात्र सप्तरी घटनामा मारिएका ४ जनाको शव बुझ्ने सर्त राखेपछि स्थानीय प्रशासनले मोर्चाका नेताहरुसँग यस्तो सहमति गरेको हो । एमाले सभाको सुरक्षा गरेको र थप क्षति हुन नदिएको भन्दै सरकारले यसअघि नै सप्तरीका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखलाई फिर्ता बोलाइसकेको छ ।

बिहीवार मोर्चा स्थानीय प्रशासनबीच भएको सहमति अनुसार शान्तिपूर्ण सभामा बम आक्रमण गर्दा मृत्यु भएकाहरुलाई राज्यले सहिद घोषणा गर्नेछ भने सभामा आक्रमण हुनबाट जोगाउने प्रहरीलाई कारवाही गरिनेछ । त्यसका लागि स्थानीय प्रशासनले तत्काल गृहमन्त्रालयलाई लिखित जानकारी गराउने पनि सहमतिमा उल्लेख छ । मृतकका परिवारलाई १० लाख रुपैयाँ र परिवारको एक सदस्यलाई रोजगारी दिने पनि सहमति भएको छ ।

यसअघि झैं घाइतेहरुको उपचारका लागि भन्दै मोर्चाका नेताहरुलाई नै एकमुष्ट रकम दिने सहमति पनि भएको छ । २३ गते सप्तरीको घटनामा गोली चलाउने प्रहरीको यकिन गरी आवश्यक कारवाही अघि बढाउने सहमति भएको छ । सभामा बम आक्रमण गर्दा क्षति हुन नदिई जोगाउने प्रहरीलाई कारवाही गर्ने, बम आक्रमण गर्ने मोर्चाका कार्यकर्तालाई क्षतिपूर्ति भराउने र एमालेका नेता र कार्यालयहरुमाथि दिइएका सुरक्षा फिर्ता गरी आक्रमण गर्न सजिलो बनाइदिने सहमति भएको हो ।