मधेशी नेताका छोराछोरी अमेरिका–युरोप, तातो गोली खानुपर्ने चाँहि गरिब जनताका छोराछोरी ?

0
673

मलाई कसैले बताइदेओस् कि मधेशमा दर्जनौँ मान्छे मर्दा कुन चाहिँ मधेसी नेताका छोराछोरी हरु मरेको इतिहास छ ?

तराई मधेशका हरेक आन्दोलनमा अग्रभागमा रहेका जनताका छोराछोरी लडिरहेका छन् र तातो गोली पनि उनीहरुले नै खाइरहेका छन् ।किन सँधै गरिब छोराछोरीको ज्यान गएको कुरा आउँछ, मधेशी मोर्चाका नेताका छोराछोरी कहाँ छन्, किन उनीहरु आन्दोलनमा आउँदैनन् ? किनकी उनीहरु अमेरिका, युरोप र भारतका महंगा विश्वविद्यालयमा पढिरहेका छन् ।

कोही बुद्धिजीवीले मलाई बताइदेओस् कि सभा गरेर आफ्नो कुरा राख्छौँ भन्ने हठ अतिवाद हो कि ‘तेरो सभा बिथोलेरै छाड्छौँ’ भन्ने हठ अतिवाद हो ? सीके राउतले देश टुक्याउने सभा गर्न हुने भने एमालेले आफ्नाबिरुद्दका भ्रम चिर्न सभा गर्दा अतिवाद कसरी हुन्छ ?

एउटा कुरा स्पष्ट छ– आफ्ना छोरा छोरीहरु युरोप–अमेरिका पठाएर आम जनताका छोरा छोरीलाई प्रहरीसँग मुठभेड गराउन पठाउने र स्वतन्त्र देशकै अस्तित्व नरहने गरी अलोकप्रिय हर्कत गरिरहेको कुरा आममधेसी कार्यकर्ताले कहिले बुझ्ने ?

यदि मेरो कुरा गलत हो भने कसैले मलाई बताइदेओस् कि मधेशमा दर्जनौँ मान्छे मर्दा कुन चाहिँ मधेसी नेताका छोराछोरी हरु मरेको इतिहास छ ?