अहिले पनि सम्झना छ बनवासामा रिपोटिङ गर्दा एसएसवीले लखेटेको र धेरै समय खोजी पनि गर्यो । जब जब म भारतको बनवसा जान्थे । तब मलाई सीमाका स्तम्भ र बनवसाबाट नेपालतर्फ छोडिएको पानी बालुवामा सुक्दै गर्दा मेरो खुन उम्लिन्थ्यो । तर म रिसले चुर हुन बाहेक केही गर्न सक्थिन । हेर्यो फर्कियो ।
सुदूरपश्चिमको कञ्चनपुर, पुनर्वासका गोविन्द गौतमले दशगजाको विवादमा ज्यान गुमाउनु पर्यो । सीमामा बस्ने बासिन्दाले प्रत्येक दिन एसएसवीको ज्यादती विरुद्ध लडिरहेका हुन्छ । जब कोही मर्छ । तब मात्र सुन्छ । सायद यो सरकार । कञ्चनपुरको सीमामा बस्ने प्रत्येक नेपालीले आफ्नो भुमिको टुक्रा मिचिनुको पीडा सहेर बसेका छन् । मान्छे मरेपछि पनि मृत शरीर जलाउन पाउँदैन । छिन छिनमा नियम परिवर्तन हुन्छन् । जुन सर्व साधारणलाई थाहा नै हुँदैन । मरेको मान्छेको शव राखेर सडकमा घण्टौ कुरेर बस्छन् । तर पनि केही गर्न सकिदैन टुलुटुलु हेरेर बस्न बाहेक । कुन बेला उनीहरुको कृपा हुन्छ र मरेको मान्छेको लास जलाएर घर फर्केउला भनेर बस्नुपर्छ । कोही पिटिनु, लुटिनु र गाली खानु नौलो कुरा होइन । स्वाभिमान त्यहाँ सायदै हुन्छ ।
एसएसबीले खुलेआम बन्दुक बोकेर सीमा पार गरेर दादागिरी देखाउनु समान्य हो । अहिले पनि दशगजाको तस्वीर र दृष्यहरु मसँग छन् । दशगजाको बारेमा रेडियोका लागि रिर्पोटिङ गर्न जाँदा पनि यस्ता धेरै दृष्यहरु देखे । त्यसपछि मैले सीमा स्तम्भ र बनवसा जान छोडे । अहिले पनि कञ्चनपुर गएको बेला दोधारा, चाँदनी, पुनर्वास, बेलौरी, त्रिभुवनबस्तीमा देखेका दृष्य झलझली सम्झनामा आउँछन् ।
यो सीमाको विषयमा लेख्दा, बोल्दा न कसैले सुने, न त देखे । सुन्थे तर अर्को कानबाट उडाउथे । देख्थे तर नदेखे झै गर्थे । हाम्रा सीमाका पीडामा कसैले बोल्यो । त्यो मान्छे केही समयपछि चुप लाग्थ्यो । दशगजामा जमिनको टुक्रा मात्र मिचिएको छैन । धेरै छोरीहरुको इज्जत पनि मिचिएको, घर लुटिएको छ । बन्दुकको डरले चुप लाग्छन् । किनभने हाम्रो कोही छैन बोलिदिने ।
अचम्म लाग्छ ! कुर्चीका लागि भने जो, जहाँ भएपनि पुग्छन् । बोल्छन् । खुट्टा ढोग्नु परे पनि ढोग्छन् । तर किन बोल्दैनौ हाम्रो दशगजाका बारेमा । किन बोल्दैनन् हाम्रो भुमी मिचिदा ? किन बोल्दैनन् छातीमा गोली लागेर सीमामा ढल्दा ? किन बोल्दैनन् ? यती हुँदा पनि हाम्रो बोलिदिने कोही छैन । गाग्रीमा पानी भरिएपछि पोखिन्छ । त्यही भएर होला गोविन्दले गोली खानु परेको ।