म्याजिक चप्पल कारखानामा भीषण आगलागी

0
879

विराटनगर, ४ चैत्र । मोरङको टंकीसिनवारी( १ स्थित म्याजिक चप्पल कारखानामा भीषण आगलागी भएको छ। शुक्रबार बिहान करिब ४ बजेबाट लागेको आगो अझै नियन्त्रणमा आइसकेको छैन।

मोरङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) सन्दिप भण्डारीका अनुसार सुरक्षाकर्मीहरुले १० वटा दमकलको सहायतामा आगो निभाउने प्रयास जारी राखेका छन् । टोलीसँगै एसपी भण्डारी पनि घटनास्थलमै छन् ।

’हामीले दमक, राजविराज, इटहरीलगायतका स्थानबाट पनि दमकल मगाएर आगो निभाउने प्रयास गरिरहेका छौँ, ’ एसपी भण्डारीले भने, ’क्षति भइसकेको छ, आगो भने नियन्त्रणका क्रममा छ।’ आगो के कारण लाग्यो र कति क्षति भयो भन्ने खुल्न नसकेको उनले बताए ।