सिरियामा हवाई आक्रमण, ४२ को मृत्यु

0
455

एजेन्सी, ४ चैत्र । सिरियामा भएको एक हवाई आक्रमणमा ४२ जनाको मृत्यु भएको छ । उत्तरी सिरियामा विद्रोहीको कब्जामा रहेको मस्जिदमा हवाई आक्रमण हुँदा ४२ जनाको ज्यान गएको विविसीले जनाएको छ ।

नमाजका लागि भेला भएका भेला मस्जिदमा आक्रमण भएको मानवअधिकारवादी संस्था सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले जनाएको छ ।

संस्थाका अनुसार ज्यान गुमाउनेमा धेरैजसो सामान्य नागरिक छन् । आक्रमण कसले गर्यो भन्ने जानकारी भने खुलि नसकेको खबरमा उल्लेख छ ।