कत्तिको जम्ला केकी र दयाको अन्र्तरजातिय जोडि : घामपानीको ट्रेलर

0
250

काठमाडौं, ४ चैत्र । नेपाली चलचित्र ‘घामपानी’को ट्रेलर सार्वजनिक भएको छ । सञ्चारकर्मी दीपेन्द्र लामाको निर्देशन र लेखनमा बनेको सो चलचित्रमा दयाहाङ राई र केकी अधिकारीको मुख्य भूमिका रहेको छ । अन्तर जातीय प्रेम र द्वन्द्व उठाएको चलचित्रको ट्रेलरमा दयाहाङ र केकीको अन्तर जातीय प्रेमलाई देखाइएको छ ।

सिनेमा आर्टस्को निर्माण साथै आइलाइट्स नेपाल र टर्चलाइट प्रोडक्सननको प्रस्तुति रहेको चलचित्रमा दयाहाङ र केकीको साथमा अंकित खड्का, सिल्सा जिरेल, बुद्धि तामाङ, अरुणा कार्की लगायत कलाकारको अभिनय रहेको छ । चलचित्रलाई शैलेन्द्रध्वज कार्कीले छायाँकन गरेका छन् भने उनैले निर्माण पनि गरेका हुन् ।

उनी साथै ‘घामपानी’लाई ओम गुरुङ, रौनकविक्रम कँडेल, ओमचन्द रौनियार र विश्व गौचनले निर्माण गरेका हुन् । नयाँ वर्षको अवसर पारेर सो चलचित्र आउँदो वैशाख १ गते प्रदर्शन गरिने बताइएको छ ।