२०८१ चैत्र ६ गते बुधबार
२०८१ चैत्र ६ गते बुधबार

महाकुम्भबाट फर्किदै गरेको स्कर्पियो दुर्घटना : तीन नेपालीको मृत्यु, सात जना गम्भीर

सप्तरी । भारतको उत्तरप्रदेशस्थित प्रयागराजमा जारी महाकुम्भमा स्नान गरी फर्किरहेको नेपाली तीर्थयात्री सवार स्कर्पियो दुर्घटना हुँदा तीन नेपालीको मृत्यु भएको छ भने सात जना गम्भीर घाइते भएका छन् ।

मृत्यु हुनेमा सप्तरीको कञ्चनरूप नगरपालिका–७ का लिलावती चौधरी र परशुराम चौधरी रहेको वडाध्यक्ष श्यामानन्द चौधरीले जानकारी दिए । यस्तै वडा नम्बर ५ का जितु यादवकी श्रीमती हरिहरदेवीको पनि दुर्घटनामा मृत्यु भएको उक्त वडाका वडाध्यक्ष कैलास साहले जानकारी दिए ।

दुर्घटनामा घटनामा सात जना गम्भीर घाइते छन् । भारतीय सञ्चारमाध्यमका अनुसार उत्तर प्रदेशको बाँसगाउँ थाना क्षेत्र अन्तर्गत गोरखपुर लिंक रोडमा शुक्रबार राति स्कोर्पियो दुर्घटनामा परेको हो । शवको पोष्टमार्टमका लागि जिल्ला अस्पताल लगिएको दैनिक भास्करले जनाएको छ ।

घाइतेहरुको पनि जिल्ला अस्पतालमा उपचार भइरहेको छ । सप्तरीका प्रहरी प्रमुख एसपी ढकेन्द्र खतिवडाका अनुसार दुर्घटनामा मृत्यु भएको खबर आएका परिवारका सदस्यले सप्तरीको धरमपुरस्थित प्रहरी चौकीमा शनिबार बिहान जानकारी गराएको र थप बुझने कार्य भइरहेको बताएका छन् ।

 
 
 
 
 

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।