होटलबाट बालश्रमिकको उद्धार ।

0
778

कञ्चनपुर, ४ चैत । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० झलारीबजारमा रहेको भूपूसैनिक होटेलबाट बिहीबार साँझ बालश्रमिकका रुपमा कार्यरत एक १३ वर्षीया बालिकाको उद्धार गरिएको छ ।

महिला अधिकारकर्मी, पत्रकार र प्रहरीको समन्वयमा माइती नेपाल संस्थाले होटेलमा श्रमिकका रुपमा कार्यरत बैतडी घर भएकी बालिकाको उद्धार गरेको हो । होटेल मालिकले धेरै लामो समयदेखि बाल श्रमिकका रुपमा बालिकालाई काममा लगाउँदै आएका थिए ।

“उद्धार गरिएकी बालिकालाई आवधिक गृहमा राखेका छौँ”, माइती नेपाल कञ्चनपुरका संयोजक महेश्वरी भट्टले भन्नुभयो । बालीकामाथि उत्पीडनको कार्य भए÷नभएको बारे अनुसन्धानको कार्य गरिने उहाँले बताउनुभयो ।