४८१ गाउँपालिकाले पायो कार्यकारी अधिकृत ।

0
431

चैत,४ काठमाडौं । सरकारले ४८१ गाउँपालिकाका कार्यकारी अधिकृत खटाएको छ ।

संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले अधिकृतहरुलाई गाउँपालिका कार्यालयहरुमा कार्यकारी अधिकृतका रुपमा काजमा खटाएको हो । मन्त्रालयले कुनै विलम्ब नगरी खटिएको ठाउँमा रमाना र्लिर हाजिर हुन सबै अधिकृतहरुलाई निर्देशन पनि दिएको छ ।

सरकारले गाउँपालिकामा अधिकृत र नगरपालिकामा उपसचिवलाई नेतृत्व दिने निर्णय गरिसकेको छ ।

निर्वाचन आयोगले बिहीबारसम्म गाउँपालिका र नगरपालिकाहरुमा प्रमुख तोकेर कर्मचारी खटाउन भनेको थियो ।