२०८१ चैत्र १० गते आईतवार
२०८१ चैत्र १० गते आईतवार

९ दिनपछि भेटियो त्रिशूलीमा खसेका रोहितको शव

काठमाडौं । चितवनको त्रिशूली नदीमा खसेर बेपत्ता रोहित रानाको शव नौं दिनपछि भेटिएको छ । उनको शव नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–५ कालीखोला नजिकै भेटिएको इलाका प्रहरी कार्यालय मुग्लिनले जानकारी दिएको छ ।

नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–५ मा मोटरसाइकल दुर्घटनामा परी त्रिशूलीमा खस्दा २७ वर्षीय राना फागुन २ गतेबाट बेपत्ता थिए । त्रिशूलीमा तैरिरहेको अवस्थामा उनको शव आज बिहान फेला परेको हो ।

इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक (इन्स्पेक्टर) निरला भण्डारीका अनुसार रानाको शव अहिले पोस्टमार्टमका लागि भरतपुर अस्पताल लगिएको छ । चितवनको भरतपुर महानगरपालिका–१ रामपुर घर भएका उनी बा ००६–०२ प ९२०४ नम्बरको मोटरसाइकलमा एक्लै काठमाडौंका लागि रामपुरबाट निस्किएका थिए ।

फागुन २ गते बिहान करिब १२ बजेको समयमा राना सवार मोटरसाइकल सडक छेवैको डिभाइडरमा ठोक्किँदा त्रिशूलीमा खसेका थिए । मोटरसाइकल भने सडकमै थियो । भारतीय सेनामा कार्यरत राना छुट्टिमा घर आएका बेला दुर्घटनामा परेका हुन् । प्रहरी निरीक्षक लक्ष्मण केसीका अनुसार रानाको शव अहिले पोस्टमार्टमका लागि भरतपुर अस्पताल लगिएको छ ।

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।