भारतको प्रतिबद्धता : गौतम माथि गोली चलाउनेलाई कारबाहि हुन्छ

0
499

काठमाडौं, ४ चैत्र । भारत भ्रमणमा रहेका उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि र भारतीय बिदेशमन्त्री शुष्मा स्वराजबीच बिहिबार अपरान्ह भेटबार्ता भएको छ । स्वास्थ्य समस्याका कारण केही समय आराम गरेकी बिदेशमन्त्री स्वराजले गृहमन्त्री निधिसँग गरेको यो नै पहिलो उच्चस्तरीय भेटघाट हो । दुई देशका प्रतिनिधिहरुको भेटघाट अघि बिदेशमन्त्री स्वराज र गृहमबिदेश मन्त्रालयमा भएको भेटमा गृहमन्त्री निधिले केही दिनअघि कञ्चनपुरमा भारतीय सीमा सुरक्षा बलले चलाएको गोली लागेर एकजना नेपालीको मृृत्यु भएको घटनाबारे बिदेशमन्त्री स्वराजको ध्यानाकर्षण गराएका थिए ।

बिदेशमन्त्री स्वराजले कञ्चनपुर घटना अपसोचपूर्ण भन्दै निर्दोष व्यक्तिको मृत्यु भएकोमा दुःख व्यक्त गरेकी थिएन । गृहमन्त्री निधिले पोष्टमार्टम र फरेसिन्क रिपोर्ट अनुसार भारतीय सुरक्षाकर्मीबाट मृत्यु भएको बताउँदै घटनाको अनुसन्धान गरी दोषीमाथि कार्बाही गर्नुपर्नेमा जोड दिएका भ्रमणमा सहभागि निधिका प्रेस सल्लाहकार रामजि दाहालले जानकारी दिए ।

जबाफमा बिदेशमन्त्री स्वराजले अनुसन्धानमा नेपाल सरकारको पनि सहयोग हुनुपर्ने भन्दै दोषीमाथि कार्बाही गर्ने प्रतिबद्धता जनाकी थिइन । गृहमन्त्री निधि र बिदेशमन्त्री स्वराजले भबिष्यमा यस्ता घटना दोहोरिन नहुनेमा जोड दिएका छन् ।

भेटमा गृहमन्त्री निधिले नेपाल भारत सीमा बिबादका सम्बन्धमा बिगत तीन बर्षदेखि काम गर्दै आएको तीनवटा संयुक्त प्राबिधिक टिममा २ वटा टिम थपेर सीमा स्तम्भ लगायतका प्राबिधिक कामलाई थप गति दिने प्रस्ताब गरेका छन् । बिदेशमन्त्री स्वराजले प्राबिधिक टिम थप्ने बिषयमा भारतीय पक्ष सकारात्मक भएको बताएकी छन् ।