ब्राउन सुगरसहित समातिए चारजना

0
245

धनगढी, ४ चैत । लागुऔषध ब्राउन सुगरसहित चार जनालाई प्रहरीले धनगढी उपमहानगरपालिका– २ को मिलन चोकबाट पक्राउ गरेको छ ।

धनगढी—२ का सञ्जय न्यौपाने, डडेल्धुरा अमरगढी नगरपालिकाका सरोज भट्ट र सुरेन्द्र भट्ट तथा कैलाली अत्तरिया नगरपालिकाका सन्तोष भट्टलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

सेतीअञ्चल प्रहरी कार्यालयबाट खटिइएको प्रहरी टोलीले १४ ग्राम ब्राउन सुगर, ४५ ट्याब्लेट नाइट्रोभेट, आठ ट्याब्लेट स्पास्मोप्रोक्सोभन र डाइलेक्स डिसी सिसि चार थानसहित उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाएको छ ।