सोमालियाका शरणार्थी सवार डुंगामा आक्रमण, ४२ जना मारिए

0
218

 

एजेन्सी, ५ चैत्र । यमनको समुन्द्रमा सोमालियाका शरणार्थीले भरिएको एक डुंगामाथि एक हेलिकोप्टरबाट आक्रमण भएको छ । हेलिकोप्टरबाट गरिएको गोलाबारीमा परि ४२ जनाको मृत्यु भएको छ । यो घटनामा मारिनेमा महिला तथा बालबालिकासमेत रहेको इन्टरनेशनल अर्गनाइजेशन फर माइग्रेशन नामको संस्थानले जनाएको छ ।

डुंगा दुर्घटनामा मारिएका शरणार्थीको साथमा संयुक्त राष्ट्र शरणार्थी संस्थाद्वारा जारी परिचयपत्र समेत थियो । आईओएमकाअनुसार यो घटनामा करिब ८० जनालाई उद्धार गरी अस्पताल पुर्याएको छ ।

यो घटनामा कुनै सैनिक जहाज वा अरु कुनै हेलिकोप्टरबाट भएको भन्ने यकिन नभएको र अहिलेसम्म घटनामा कसको संलग्नता रहेको भन्ने नखुलेको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले जनाएका छन् ।

डुंगामा हेलिकोप्टरबाट आक्रमण भएको हुथी विद्रोहीको नियन्त्रणमा रहेको हुदैदा पोर्टमा रहेका एक तटरक्षकलाई उद्धृत गर्दै समाचार एजेन्सी रोयटर्सले जनाएको छ ।

शुक्रबार भएको एक अन्य घटनामा यमनको एक सैन्य शिविरको भित्र रहेको मस्जिदमा भएको हमलामा कम्तीमा २२ जनामा मारिएका थिए । अधिकारीहरुका अनुसार मरिबको पश्चिममा कोफल सैन्य शिविरस्थित मस्जिदमा दुई मिसाइल आक्रमण भएको थियो ।

संयुक्त राष्ट्रकाअनुसार सन् २०११ देखि जारी गृहयुद्धमा सोमालियामा करिब ३० लाख नागरिकले खाद्य असुरक्षाको सामना गरिरहेका छन् ।