अर्जुनको यात्रामा प्रतिक्षा भण्डारीको साथ (भिडियो सहित)

0
475

काठमाडौं, ५ चैत्र । मोडल तथा अभिनेत्री माला लिम्बुको सुन्दर नृत्य सहितको एक गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । प्रतिक्षा भण्डारीको स्वरमा रहेको ’भाउ खोज्ने केटा त्यो ठूला कुरा’ बोलको गीतको भिडियो सार्वजनिक भएको हो । नृपेश उप्रेतीको शब्द रहेको गीतमा अर्जुन पोखरेलको संगीत रहेको छ ।

वालाजुस्थित चलचित्र स्टुडियोमा छायांकन गरिएको भिडियो समन अधिकारीले निर्देशन गरेका हुन्। गीतमा प्रशान्त तामाङको कोरियोग्राफी रहेको छ। भिडियोमा माला लिम्बुलाई विचार पौड्यालले साथ दिएका छन् । आफ्नो पहिलो गीतलाई दर्शकले मन पराइदिएपछि हौसला मिलेको गायिका भण्डारीले बताइन्। युट्युबमा केही समयअघि माला लिम्बुकै अभिनय रहेको काले दाइ बोलको गीत हिट भएको थियो।