काठमाडौं, ५ चैत्र । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले धर्मनिरपेक्षको खारेजी र हिन्दूराष्ट्र कायम गर्नका लागि संविधान संशोधन प्रस्ताव दर्ता गर्ने भएको छ। संसदमा आइतबार नै प्रस्ताव दर्ता गराउन अध्यक्ष कमल थापाले सांसद कुन्ती कुमारी शाहीलाई जिम्मा दिएका छन् ।
निर्वाचन आयोगले विधानबाट हिन्दूराष्ट्र र राजसंस्था शब्द हटाइदिएपछि राप्रपाले राजधानीमा उपलब्ध पदाधिकारी र केन्द्रीय सदस्यको आकस्मिक बैठक बोलाएको थियो । पार्टी मुख्यालय धुम्बाराहीमा बसेको बैठकमा बोल्ने अधिकांशले सरकारबाट बाहिरिएर आन्दोलनमा जानुपर्ने धारणा राखेको स्रोतले बतायो। बैठकमा अध्यक्ष थापाले निर्वाचन आयोगको कदमलाई चुनाव हुन नदिने षड्यन्त्रका रुपमा व्यख्या गरेका छन ्। बैठक चलिरहेको छ ।