पाँच उपमहानगर सहित १७८ नगरपालिकाले पाए कार्यकारी अधिकृत (सूची सहित)

0
533

काठमाडौं, ५ चैत्र । सरकारले पाँच उपमहानगरसहित १७८ नगरपालिकाका लागि कार्यकारी अधिकृत खटाएको छ ।

संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले अधिकृतहरुलाई उपमहानगरपालिका र नगरपालिकाका लागि कार्यकारी अधिकृत खटाएको हो ।

मन्त्रालयले शुक्रबार ४८१ गाउँपालिकाका लागि अधिकृत तोकेको थियो । नयाँ संरचनाअनुसार ४ महानगरपालिका, १३ उपमहानगरपालिका र दुई सय ४६ नगरपालिकामध्ये सरकारले हाल पाँच उपमहानगरसहित १७८ नगरपालिकाका कार्यकारी अधिकृत तोकेको हो ।

मन्त्रालयले कुनै विलम्ब नगरी खटिएको ठाउँमा रमाना र्लिर हाजिर हुन सबै अधिकृतहरुलाई निर्देशन पनि दिएको छ ।