टुक्रियो आयुष्मान परमिताको ३ वर्षे प्रेम

0
306

काठमाडौं, ५ चैत्र । नेपाली चलचित्र क्षेत्रमा मात्रै नभएर प्राय रंगीन दुनियाँमा जोडि बन्ने र छुट्टिनु कुनै नौलो कुरा होईन । तर, कोहि यसरी जोडिन्छकी उनीहरुको सुरुवाती प्रेमलाई हेर्दा मानौ उनीहरु जीवनभर छुट्टिने छैनन् । यि र यस्तै भ्रम चुडाएर छुट्टिएको छ नेपाली चलचित्र क्षेत्रको एक जोडी ।

‘चपली हाईट २’ डेव्यु अभिनेता आयुष्मान देशराज जोशी र अभिनेत्री परमिता रानाले फिल्म हुँदै जीवनमा पनि सहयात्रा गर्ने मिठो सपना देखेका थिए । तर, उनीहरुको यो सपना अब भत्किएको छ । मिडियाबाट लुक्न नसकेको उनीहरुको प्रेम टुटेको खबर मिडियाबाटै सार्वजनिक भएको छ । करिव ३ वर्षे लामो प्रेमील यात्रा टुङ्गाएका छन् आयुष्मान र परमिताले ।

टुटेको सम्बन्धका बारेमा अभिनेता तथा मोडल आयुष्मानले खुलेर कुरा गर्न चाहेका छैनन् । उनले सम्बन्ध भनेको कहाँ गएर जोडिन्छ अनि कहा गएर तोडिन्छ त्यो भन्न नसकिने बताउँदै आफ्नो सम्बन्धका बारेमा चासो नदिन भनेका छन् ।
उता परमिताले भने मन दुखाउँदै यस बारेमा आयुष्मानलाई सोध्न भनेकी छिन् । उनले अब आफू करियरमा बढी केन्द्रित हुने बताएकी छिन् ।