कास्की, ५ चैत्र । कास्की प्रहरीले बैंक एटिएमबाट डाटा चोरी गरी रकम झिक्ने दुई जना विदेशीलाई पोखराबाट प्रक्राउ गरेको छ । पोखरा लेखनाथ महानगरपालिकाको लेकसाइडबाट रोमानीका दुई जनालाई प्रहरीले पक्राउ गरेको हो।
केही दिन अगाडि हिमालयन बैंक र दुई दिन अगाडि नबिल बैंकको एटिएमबाट पैसा चोरेका दुई जनालाई पक्राउ गरेको कास्की प्रहरीको भनाई छ। उनीहरुलाई लेकसाइडको एक अपाटमेन्टमा बसिरहेको बेला शनिबार बिहान नगद ३ लाख, एटिम चिप रिडर, चोर्न प्रयोग भएका सामाग्री र १२ वटा भिसा कार्ड, ल्यापटपलगायत सहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।
दुई दिन अगाडि लेकसाइडमा रहेको नबिल बैंकको एटिएममा रकम झिक्ने बेलामा बैंकलाई शंका लागेपछि प्रहरीलाई खबर गरेका थियो । सिसि टिभि क्यामराले खिचेको भिडियोको आधारमा प्रहरीले उनीहरुलाई प्रक्राउ गर्न सफल भएको हो । उनीहरुलाई कास्की प्रहरीमा राखी थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।