स्पेनिस ला लिगामा रियल मड्रिडद्वारा एथ्लेटिको बिल्बाओ पराजित

0
285

काठमाडौं, ६ चैत्र । स्पेनिस ला लिगा फुटबलमा गएराती भएको खेलमा रियल मड्रिडले एथ्लेटिको बिल्बाओलाई पराजित गरेको छ । उसकै मैदानमा भएको खेलमा रियल मड्रिडले एथ्लेटिको बिल्बाओलाई २–१ ले पराजित गरेको हो ।

रियलमड्रिडका करिम बेन्जेमा र क्यासेमिरोले गोल गरी टिमलाई जित दिलाउनु भएको हो । खेलको २५ औं मिनेटमा करिमले गोल गरी रियलले १–० को अग्रता लिएको थियो ।

दोस्रो हाफको ६५ औं मिनेटमा एथ्लेटिको बिल्बाओका अदुरिजले गोल गरी खेललाई बराबरी बनाउनुभयो । लगत्तै त्यसको तीन मिनेटपछि क्यासेमिरोले गोल गरी टिमलाई जित दिलाउनु भएको हो ।

गएराती नै भएको अर्को खेलमा अलाभेजसँग रियल सोसिडास १– सून्यले पराजित भयो भने रियल बेटिसले ओसासुनालाई २–० ले पराजित गर्यो ।

गएराती नै भएको स्पानुयल र आइबरबीचको खेल भने एक एक गोलको बराबरीमा टुंगिएको थियो ।  गएराती भएको जितसँगै रियल मड्रिडले २७ खेलमा ६५ अंक जोडर शीर्ष स्थान कायमै राखेको छ । एक खेल बढी खेलेका बार्सिलोना र सेभिल्ला क्रमशः ६० र ५७ अंकका साथ दोस्रो तथा तेस्रो स्थानमा रहेका छन् । अथ्लेटिको मड्रिड ५२ अंकका साथ चौंथो स्थानमा रहेको छ ।