२०८१ चैत्र ९ गते शनिबार
२०८१ चैत्र ९ गते शनिबार

नवलपरासी झडप : घाइते एक जनाको मृत्यु

पश्चिम नवलपरासी पालिनन्दन गाउँपालिका–३ मा आज (मंगलबार) भएको झडपमा घाइते भएका एक जनाको मृत्यु भएको छ ।

झडपका बेला गाडीले किचेर घाइते विजय धवलको उपचारका क्रममा भैरहवा मेडिकल कलेजमा मृत्यु भएको हो ।

उनलाई अस्पतालले सवा ५ बजे मृत घोषणा गरेको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिएका छन् । मंगलबार दिनभर उक्त स्थानमा दुई समूहबीच झडप भएको थियो ा स्थानीय युवक र युवतीको प्रेम सम्बन्धको विषयमा दुई समूहबीच केही समय पहिलेदेखि बढेको विवादले आज उग्ररुप लिएको हो ।

झडप नियन्त्रण लिन पुगेको प्रहरीको गाडी नै स्थानीयले जलाइदिएका छन् । यस्तै एउटा गोदाममा समेत आगजनी गरेका छन् । त्यसक्रममा ११ जना नेपाल प्रहरी, ६ जना सशस्त्र प्रहरी र ६ जना स्थानीय घाइते भएका छन् । स्थिति नियन्त्रण लिन नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालले अश्रुग्यास र हवाई फायर गरेको थियो ।

सशस्त्र प्रहरीले एसएलआरबााट १ राउण्ड हवाई फायर र ६ सेल अश्रुग्यास फायर भएको जनाएको छ । बाँकी नेपाल प्रहरीले हवाई फायर र अश्रुग्यास हानेको थियो । प्रस्तावित सीमा सुरक्षा गुल्म हरपुरबाट डीएसपीको कमान्डमा ६३ जना, नं २६ गण पश्चिम नवलपरासीबाट डीएसपीको कमाण्डमा ४५ जना, नं २७ गण रुपन्देहीबाट इन्सपेक्टरको कमाण्डमा ३५ जना र सीमा सुरक्षा तालिम शिक्षालय बर्दघाटबाट इन्सपेक्टरको कमाण्डमा ३५ गरी १७८ जना सशस्त्र प्रहरी खटिएको सहप्रवक्ता थापाले बताए ।

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।