भेटिए चर्चित उपन्यास ‘समर लभ’का साया र अतित

0
1392

काठमाडौं, ६ चैत्र । ‘समर लभ’ नामक उपन्यासले नेपाली आख्यान लेखनका क्षेत्रमा लेखक सुविन भट्टराईलाई राम्रैसँग स्थापित गरायो । यो उपन्यासपछि सुविनका २ उपन्यास बजारमा आए ‘साया र मनसुन’ । तर, उनको समर लभ उपन्यासको चर्चा सेलाएन । यति बेला झन यो उपन्यासको चर्चा चुलिएको छ । यहि उपन्यास माथि मुस्कान ढकालको निर्देशन चलचित्र बन्ने भएपछि सुविन र समर लभको चर्चा चुलिएको हो।

लामो समयदेखि निर्माण गर्न भनिएपनि उपन्यासकी पात्र ‘साया’को भूमिका निर्वाह गर्ने नायिका भेटिएकी थिईनन् । अब भने सायाको भूमिका रेवती क्षेत्री प्रस्तुत हुने पक्का भएको छ । उपन्यासका अर्का चर्चित पात्र ‘अतित’को रुपमा आशिष पिया रहने छन् ।

नाइटिंगेल इन्टरनेनमेन्ट प्रा.लि.को ब्यानरमा बन्न लागेको चलचित्र ‘समर लभ’को लागि बाँकी कलाकारको खोजी भइरहेको निर्माण पक्षले जनाएको छ । चलचित्रमा भरत शर्मा, सपन सरकार, इन्दु भण्डारी, मनु बिक निर्माता हुन् भने बिनोद अधिकारी कार्यकारी निर्माताका रुपमा रहने छन् ।

सुविन भट्टराईको कथा रहेको समर लभको पटकथा सामिप्य राज तिमल्सिनाले हेर्नेछन् भने सम्वाद सुबिन र सामिप्य दुबैले हेर्नेछन् । काठमाडौँ हुँदै पोखरा, धनगढी र केही विदेशमा सुटिङ हुने चलचित्र वैशाखको दोस्रो हप्ताबाट फ्लोरमा जाने निर्माण पक्षले बताएको छ ।