सिरियालीसेना र विद्रोही समूहबिच संघर्ष : गोलाबारुद तथा रकेटको प्रयोग

0
499

बिबिसी, ७ चैत्र । सिरियाली सरकारी सेना र विद्रोही समूहबिच ठूलो संघर्ष भइरहेको छ । राजधानी दमासकसको बाहिरी क्षेत्रमा सरकारी सेना र विद्रोही समूहबिच संघर्ष भइरहेको बिबिसीले जनाएको छ । मानवअधिकारवादी संस्था सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार सरकारी प्रतिरक्षा पंक्ति तोड्नु अघि विद्रोेहीले जोबार जिल्लामा दुईवटा आत्मघात विस्फोट गराएका थिए ।

सेनाले यही घटनाको जवाफ स्वरुप कारबाही अभियान चलाएको हो । त्यहाँ सँर्घषका क्रममा गोप्य सुरुङ मार्गसमेत प्रयोग भएको छ । संघर्षमा गोलाबारुद तथा रकेटको प्रयोग भएको पर्यवेक्षकले जनाएका छन् । विद्रोही विरुद्ध सरकारी ३० भन्दा धेरै युद्ध विमान खटिएका छन् । त्यो क्षेत्रमा रहेका विद्रोहीलाई हटाउन संघर्ष गरिरहेको सेनाले जनाएको छ ।