हजयात्रामा जान चाहानु हुन्छ : आवेदन खुल्यो

0
548

काठमाडौं, ७ चैत्र । साउदी अरबको मक्का मदिनामा हजगर्न जाने ब्यक्तिका लागि आवेदन मागिएको छ । नेपाल सरकार नेपाल हज समितिको सचिवालयले सोमबार सूचना प्रकाशित गरी आगामी वैशाख १० गतेभित्र सम्बन्धित जिल्ला प्रशासनमा आवेदन दिन आग्रह गरेको छ ।

हज समितिको आइतबारको बैठकको निर्णयअनुसार आवेदन माग गर्दै सूचना जारी गरिएको जनाइएको छ ।

सन् २०१६ मा हजगर्न जान नपाएका हजयात्रीहरुलाई प्राथमिकतामा राखी बाँकी आवेदकहरुमध्ये पहिले आवेदन दिने ब्यक्तिहरुलाइपर्् दोस्रो प्राथमिकता दिइने समितिले जनाएको छ ।

गत वर्ष हज यात्रामा जान नपाएका ५ सय १५ जना हाजीहरुले सन् २०१७ मा हज गर्न जान चाहेमा सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा पुनः आवेदन दिनुपर्नेछ ।

हजयात्रामा जान चाहनेले राहदानीको साथमा राष्ट्रिय वाणिज्य बैंकमा जम्मा गरेको एक लाखको भौचर तथा आवेदकको साथमा जानेको नाता खुल्ने कागजात लगायतका कागजात अनिवार्य बुझाउनुपर्ने समितिले जनाएको छ ।