काठमाडौं, ७ चैत्र । प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्ति विवादबारे सर्वोच्च अदालतमा परेको रिटको सुनुवाइ गर्न प्रधान न्यायाधीश सुशीला कार्कीको नेतृत्वमा गठित पूर्ण इजलासमा बहस सकिएको छ । आइतबारदेखि जारी बहसमा सोमबार सरकारी वकिलका तर्फबाट टिकेन्द्र दाहाल र रेवती त्रिपाठीले बहस गरेका थिए ।
यस्तै, रिट निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ता बद्रीबहादुर अधिकारी, तुलसी भट्ट तथा अधिवक्ता भीमार्जुन आचार्य, टीकाराम भट्टराईलगायतले जवाफी बहस गरेका थिए । सोमबार बहस सकिए पनि समय नपुगेका कारण फैसला मंगलबारमात्र आउने भएको छ ।
प्रधानन्यायाधीश कार्कीले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सर्वोच्च अदालतको वार्षिक प्रगति प्रतिवेदन बुझाउने समय पाएका कारण आज बहस सकिए पनि फैसला भने नभएको बताइएको छ ।