काठमाडौं, ८ चैत्र । म्यानचेस्टर सिटीले आफ्नो खेलाडीहरुलाई अनुशासनमा राख्न नसकेको भन्दै इङ्लिस फुटबल संघ (एफए) ले स्पष्टीकरण सोधेको छ ।
आफ्नै घरेलु मैदानमा गए राती लिभरपुलसँग १–१ गोलले बराबरी खेलेका सिटीका खेलाडीले विपक्षी खेलाडी माथि दूब्र्यवहार गरेका थिए । विपक्षी खेलाडीमाथि दुब्र्यवहार गरिएको भन्दै एफएले स्पष्टिकरण लिएको हो ।
सिटीका खेलाडीले अनावश्यक रुपमा रेफ्रिसँग विवाद गरेपछि स्पष्टिकरण सोधिएको हो । एफएले २३ मार्चसम्म सिटीलाई स्पष्टीकरण बुझाउन आदेश दिएको छ ।
खेलको ५० मिनेटमा गायल क्लिचीले खुट्टा उचालेर रोबेर्टो फिरमिनोलाई रोक्ने प्रयास गर्दा क्लिचीले पहेँलो कार्ड दिँदै लिभरपुललाई पेनाल्टीको मौका दिइएको थियो । पेनाल्टीको सदुपयोग गर्दै जेम्स मिल्नेरले गोल गर्दे अग्रता दिलाउनु भएको थियो । पछि सर्जियो अगुइरोले गोल गरेपछि खेल बराबरीमा टुंगिएको थियो ।