खिया लागेको खुकुरी उद्याउँदै केपी ओली

0
680

काठमाडौं, ८ चैत्र । तिलक बस्नेतको एक एल्वमको गीतको म्यूजिक भिडियोमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अभिनय गरेका छन् । ओलीले मात्रै होईन उक्त गीतको भिडियोमा लालबाबु पण्डित, टोपबहादुर रायमाझी, रामशरण महत, ऋषि धमलासहित देखिएका छन् । तिलक बस्नेत र मनिशा राईको स्वरमा रहेको स्वदेश गानको म्युजिक भिडियोमा ओलीसहितका नेताले अभिनय गरेका हुन् । गीतमा शब्द तथा संगीत तिलक बस्नेतको रहेको छ ।