उच्चरक्तचापको औषधिले लियो एक विद्यार्थीको ज्यान

0
252

बैतडी, ९ चैत । माध्यमिक शिक्षा परीक्षा (एसइइ) परीक्षा दिइरहेका बैतडीका एक परीक्षार्थीको अन्जानमा उच्चरक्तचापको औषधि खाँदा ज्यान गएको छ ।

दशशथचन्द नगरपालिका–५ का १८ वर्षका कैलाश दमाईको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हेरम्ब शर्माले जानकारी दिए ।

कैलाशले सोमबार आमाका लागि ल्याएकोे रक्तचापको औषधी सेवन गरेको र थप उपचारका लागि कैलाली लैजाँदै गर्दा मंगलबार बिहान बाटो मै ज्यान गउको प्रहरीले बताएको छ ।

दशरथचन्द मावि सुन्दरखालीमा अध्ययनरत कैलाश शाहीलेकमा रहेको वीरेन्द्र मावि केन्द्रबाट एसइइ परीक्षा दिइरहेको जिल्ला शिक्षा कार्यालयका विद्यालय निरीक्षक शंकर जोशीले बताए ।