बझाङ, ९ चैत । बझाङ जिल्लामा यो वर्ष १० हजार मेट्रिटन खाद्यान्न अभाव हुने भएको छ । खाद्यान्नको माग र उत्पादनलाई हेर्दा यो वर्ष जिल्लामा १० हजार २८ मेट्रिटन खाद्यान्न अभाव हुने देखिएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।
८ वटा गाविसमा धानको उत्पादनमा ८० देखि ९० प्रतिशत ह्रास आएका कारण भोकमरीको खतरा समेत रहेको जिल्ला खाद्य अधिकार संजालका संयोजक जगदिश रोकायाले बताउनुभयो । भातेखोला, गडराय, कैलास र मष्टा गाविस खाद्य सुरक्षाका हिसाबले उच्च जोखिममा रहेका छन् ।
यस्तै दहवगर, कांडा, भामचौर लगायतका २८ गाविस मध्यम जोखिममा रहेको जिल्ला खाद्य सुरक्षा संजालको तथ्याङ्कमा उल्लेख छ ।