२०८१ चैत्र ६ गते बुधबार
२०८१ चैत्र ६ गते बुधबार

रास्वपाका केन्द्रीय सदस्य मोहन थापा अमेरिकामा पक्राउ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य मोहन थापा अमेरिकामा पक्राउ परेका छन् ।

रास्वपा सभापति रवि लामिछानेसँग अत्यन्त निकट भनेर चर्चामा आइरहने र ढाका कुमार श्रेष्ठले पैसाको लेनदेन गरेको आरोप लागेका थापा अघिल्लो साता नेपालबाट फर्किने क्रममा पेन्सिल्भेनिया एयरपोर्टबाटै पक्राउ परेका हुन् ।

अमेरिकास्थित गैरआवासीय नेपाली संघका एक पदाधिकारीका अनुसार उनलाई फिलाडेल्फियास्थित हिरासत केन्द्रमा राखिएको छ । थापालाई के अपराधमा पक्राउ गरिएको भन्ने खुलेको छैन ।

बाल्टिमोरस्थित नेपालीहरुको छाता संगठन बानाका पूर्व अध्यक्ष समेत रहेका थापाको पक्राउबारे संस्थाका अगुवाहरुलाई एक साताअघि नै जानकारी आए पनि गोप्य राखिएको थियो ।

पछिल्लो समय धेरैजसो नेपालमै बस्दै आएका रास्वपा नेता थापा केही वर्षअघि सवारी चालक अनुमतिपत्र दुरुपयोग घरेको घटनामा मुद्दा चलेर जेल समेत बसेका थिए । त्यसछि उनको अमेरिकी नागरिकता रद्द भएर ग्रीन कार्डमा थिए ।

बानाका संस्थापक अध्यक्ष समेत रहेका थापा यसअघि दुई तीनपटक जेलमा परिसकेको एक व्यवसायीले बताए । थापामाथि नेपालमा सम्पत्ति सुद्धिकरणमा पनि अनुसन्धान थालिएपछि गत सातो अमेरिका फर्किएका थिए ।

ग्रीनकार्ड भएको व्यक्ति अस्वभाविकरुपमा ओहोरादोहोर गरिरहदा पनि त्यहाँको अध्यागमन विभागले पक्राउ गरेर सोधपुछ गर्ने गरेको छ ।

विभिन्न व्यक्तिलाई फ्रड लाइसेन्स बनाएको अभियोग उनीमाथि थियो ।

राष्ट्रपति ट्रम्प निर्वाचित भएपछि विभिन्न अपराधमा संलग्न व्यक्तिहरुलाई पक्राउ गरेर सम्बन्धित देशमा पठाउने प्रक्रिया चलिहरहेको बेला थापालाई नेपाल फर्काउने आशंका समेत गरिएको छ ।

थापाले राष्ट्रसंघ महासभामा प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्र मन्त्री डा।आरजु राणा देउवा न्युयोर्क गएका बेला कालो झण्डा र जुत्ताको माला देखाउने भन्दै फेसबुकबाट आह्वान समेत गरेका थिए ।

प्रधानमन्त्री सहभागी हुने एक कार्यक्रममा उनको नेतृत्वमा सो घटना हुने हल्लापछि त्यहाँको प्रशासनले सुरक्षा कारण देखाउँदै प्रधानमन्त्रीको कार्यक्रम रद्द गर्न लगाएको थियो ।

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।