मोरङको एकै ठाउँमा २ सवारी दुर्घटना, ५ जनाको मृत्यु

0
648

मोरङ, १० चैत्र । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत मोरङको कानेपोखरीमा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । अन्य २४ जना घाइते भएका छन् । हिजो साँझ सात बजेर १५ मिनेटमा कानेपोखरीको छ धारे भन्ने ठाउँमा काकडभिट्टाबाट बुटवल जाँदै गरेको बस मोटरसाइकल ठोक्किदा दुर्घटना भएको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ ।

दुर्घटनामा मोटरसाईकलमा सवार लेटाङ्का तिलक लिम्बु र देवेन्द्र लिम्बु तथा बसमा रहेका झापाका पुरुषोत्तम सुवेदीको मृत्यु भएको हो । सुवेदीको बसको टिकटका आधारमा पहिचान गरिएपनि मृतक एक महिलाको सनाखत हुन सकेको छैन् । घाइतेमध्ये केरौनका शंकर विकको अवस्था गम्भिर रहेको प्रहर।ीले जनाएको छ ।

उहाँको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचार भैरहेको छ । चार जना घाइतेलाई शिलगुढी लगिएको प्रहरीले जनाएको छ । बसमा २८ जना यात्रु सवार थिए । ४ जना शिलगुढी ४ जना बिराटनगर र बाँकी घाइतेको पथरी अस्पतालमा उपचार भइरहेको छ ।

यस्तै सोही ठाउँमा गए राति अर्को दुर्घटना हुँदा १ जनाको ज्यान गएको छ । राति ९ बजेर ४० मिनेटमा बा ४० प १२९ नम्बरको मोटरसाइकललाई तरकारी लिएर आएको पिकअप भ्यानले ठक्कर दिँदा दुर्घटना भएको हो । मोटरसाइकलको पछाडि बस्ने अर्का एक जना गम्भीर घाइते भएका छन् । उनको विराटनगर न्यूरो अस्पतालमा उपचार भइरहेको छ । पाँचै जनाको शव पोष्टमार्टमका लागि अस्पतालमा राखिएको छ।