एमाले स्थायी समितिको बैठक बस्दै

0
333

काठमाडौं, १० चैत्र । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको स्थायी समितिको बैठक आज बस्दैछ । एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बस्ने बैठकमा स्थानीय तहको चुनावको तयारीका विषयमा छलफल हुनुका साथै समसामयिक विषयमा छलफल हुने एमालेका प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिनुभयो ।

गाउँपालिका र नगरपालिकाका उम्मेदवारको योग्यता र मापदण्डबारेमा बैठकमा छलफल हुने एमालेले जनाएको छ ।