विश्व मौसम दिवस

0
1058

काठमाडौं, १० चैत्र । आज विश्व मौसम दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । हरेक वर्ष २३ मार्चमा मनाउने मौसम दिवसमा बढ्दो सहरीकरणका कारण वातावरण र मौसममा परेको प्रभाव तथा रोकथामका लागि विभिन्न चेतनामूलक कार्यक्रम हुँदै आएको छ ।

विश्व मौसम संगठनसम्बन्धी महासन्धि कार्यान्वयनमा आएपछि सन् १९५० देखि यो दिवस मनाउन थालिएको हो ।
जनसंख्या वृद्धिका कारण पृथ्वीको तापक्रम बढ्दो छ । र यसले वातावरण र मौसम नकरात्म प्रभाव पार्दै गएको छ । एक तथ्यांकअनुसार प्रत्येक वर्ष जलवायु परिवर्तनका कारण विश्वभर १२ लाख भन्दा बढी मानिसको मृत्यु हुने गरेको छ ।