काठमाडौं, ११ चैत । चीन भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्ड शुक्रबार बिहानैदेखि भेटघाटमा व्यस्त भएका छन् । उनले ग्वाङझाओमा नेपाली समुदायसँग भेटघाट गरेका छन् । नेपाली समुदायले प्रधानमन्त्री प्रचण्डलाई स्वागत गरेका थिए ।
शुक्रबार दिउँसो बोआओ होटलमा बसेका उनले त्यहाँको थाङका प्रदर्शनी अवलोकन गर्ने कार्यक्रम छ ।
अपरान्ह चिनियाँ उपप्रधानमन्त्री झाङ गावलीसँग भेट्ने प्रधानमन्त्री प्रचण्डको कार्यक्रम छ । शुक्रबारसाँझ उपप्रधानमन्त्रीले दिने रात्रीभोजमा उनी सरिक हुनेछन् ।
बोआओ फोरममा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड बिहीबार राति चीन प्रस्थान गरेका थिए । शनिबार बेइजिङ प्रस्थान गर्ने प्रचण्डले चिनियाँ राष्ट्रपतिसँग द्विपक्षीय हितका विषयमा छलफल गर्ने कार्यक्रम छ । उनले बोआओ फोरमलाई पनि सम्बोधन गर्नेछन् ।
चिनियाँ प्रधानमन्त्री अष्ट्रेलिया र न्यूजिल्याण्ड भ्रमणमा रहेकाले उनीसँग भेट्न भने प्रचण्डले पाउने छैनन् ।
प्रधानमन्त्री प्रचण्ड चैत १६ गते स्वदेश फर्किने कार्यक्रम छ ।