एजेन्सी, १२ चैत्र । विश्वकप छनोटअन्तर्गत स्पेन र इटलीले आफ्नो विजय यात्रा जारी राखेका छन्। समूह जी मा रहेका दुवै टोलीले गएराति भएका खेलमा सहज जित हासिल गरे। समान १३ अंक भए पनि गोल अन्तरका आधारमा स्पेन शीर्ष स्थानमा छ। घरेलु मैदान गिजोनमा स्पेनले इजरायललाई एकका विरुद्ध चार गोलले पराजित र्गयो। इटलीले पनि आफ्नो अपराजित यात्रालाई बराबरीमा राख्ने क्रममा अल्बानियालाई २–० ले पराजित र्गयो।
अल्बानियाबाट गएका समर्थकले उपद्रो मच्चाएपछि खेल आठ मिनेट रोकिएको थियो। अल्बानियाका समर्थकले मैदानमा पटाका फालेका थिए। समूह जी मै रहेको मेसोडोनियाले लिसेस्टाईनलाई शून्यका विरुद्ध तीन गोलले पराजित र्गयो। समूह डीमा जर्जियालाई ३–१ ले हराउँदै सर्बिया शीर्ष स्थानमा उक्लेको छ। यही समूहमा वेल्स र आयरल्यान्डले गोलरहित बराबरी खेले।
आयरल्यान्ड दोस्रो र वेल्स तेस्रो स्थानमा छ। अस्ट्रियाले मोल्दोभालाई दुई शून्यले हरायो। समूह आईमा विजय यात्रा कायम राख्दै शीर्ष स्थानको क्रोसियाले यूक्रेनलाई १–०, दोस्रो स्थानको आइसल्यान्डले कोसोभोलाई २–१ र टर्कीले फिनल्यान्डलाई शून्यका विरुद्ध दुई गोलले पराजित र्गयो।