भारतीय राजदूत पुरी काठमाडौंमा

0
554

काठमाडौं, १२ चैत । नेपालका लागि नवनियुक्त भारतीय राजदूत मन्जिव सिंह पुरी काठमाडौं आइपुगेका छन् । निवर्तमान राजदुत रन्जित रे कार्यकाल पुरा गरेर भारत फर्किएको दुईसाता पछि कार्यभार सम्हाल्न पुरी शनिबार नेपाल आइपुगेका हुन् । उनलाई भारतीय विदेश मन्त्रालयले केही साता अघि नेपालका लागि राजदुत सिफारिस गरेको थियो ।

सिंह युरोपियन युनियन, बेल्जियम र लक्जेम्वर्गका लागि भारतीय राजदूतका रूपमा थिए । मार्च १ देखि दूतावास राजदूतविहीन भए पनि उपप्रमुख विनय कुमारले कार्यवाहकको जिम्मेवारी सम्हाल्दै आएका छन् ।

कूटनीतिक मामिलाका विज्ञ नवनियुक्त राजदूत सिंह १९८२ का ब्याचका भारतीय परराष्ट्र सेवाका अफिसर हुन् । भारतले नेपालमा राजदूत फर्कनुअघि नै नयाँ राजदूतको नाम सिफारिस गरेर अग्रिमो लिइसके पनि यसपटक भने निकै ढिला गरेको थियो ।

यसपटक राजदूत फर्कने दिनमा नयाँ नाम सिफारिस गरेको हो । सिंहले आगामी सोमबारबाट कार्यभार सम्हाल्ने भएका छन् ।