अनुदान रकम पाउन कठिन भएको गुनासो : भूकम्प पीडित भन्छन् – अनुदानको ५० हजार फिर्ता लैजाउ

0
702
e"sDk uPsf] Ps aif{kl5sf] z'qmaf/sf] uf]/vf af/kfssf] b[Zo . af/kfsjf;Ln] lqkfn 5f8]/ 6x/f]df a:g Ps aif{sf] ;do kv{g'k¥of] . tl:a/ M k|zGg kf]v/]n, uf]/vf, /f;;

गोरखा, १४ चैत्र । गोरखाका भूकम्प पीडितहरुले घर बनाउनका लागि सरकारले दिएको अनुदान रकम पाउन कठिन भएको गुनासो गरेका छन् । पहिलो किस्ताको रकम बुझेका अधिकांश पीडितले अझै दोस्रो किस्ताको रकम बुझेका छैनन् । पहिलो किस्ताको ५० हजार रुपैयाँ भूकम्पले भत्केको घरको ढुंगामाटो र काठपात पन्छाउन पनि नपुगेको उनीहरुको भनाई छ । पहिलो किस्ताले गर्नुपर्ने जति काम नभएपछि सरकारले दोस्रो किस्ताको रकम नदिने भएपछि उनीहरुले बरु पहिलो किस्ताको ५० हजार रुपैयाँ फिर्ता लैजान भनेका हुन् । अनुदान रकम बुझ्नका लागि अनेक सरकारी प्रक्रिया र झन्झट ब्यहोर्नु परेको भन्दै जिल्लाको सुलिकोट गाउँपालिका–५ का बासिन्दाले सरकारी पैसा नलिने तर आफू खुसी घर बनाउन पाउनु पर्ने बताएका हुन् । स्थानीयबासिन्दा विष्णु भट्टले भन्नुभयो, ‘सरकार र विभिन्न किसिमका आइएनजिओको कारण झन् अन्यौलमा परियो, एउटा आउँछ यसो गर भन्छ, अर्को आउँछ उसो गर भन्छ ।’ बनिसकेका घरले पनि मापदण्ड नपुगेर दोस्रो किस्ता नपाएकोमा स्थानीय बासिन्दा अलमलमा परेका छन् ।

‘सहकारीबाट ऋण खोजेर घर बनायो, इन्जिनियर आएर दोस्रो किस्ता पाउँदैनौ भन्छ ।’ भट्टले प्रश्न गर्नुभयो, ‘सरकारले भुँइचालो ल्याइदिएको होइन, हामी जसरी बस्थ्यौं बस्थ्यौं, यो किस्ताको पैसाले त तनावै मात्रै थप्यो ।’ भूकम्पले भत्केको घरको माटो फाल्दैमा ५० हजार सकिएपछि घर बनाउनै नसकेको केही पीडितको भनाई छ । अनुदान पाउन अनेक झन्झट ब्यहोर्नु पर्ने भएपछि पुनर्निमार्णको काम पनि सुस्ताएको छ । पहिलो किस्ताको अनुदान रकम वितरण भएपछि पनि घर बनाउने कामले गति लिन नसकेको हो । गोरखामा झण्डै ६१ हजार भूकम्पको पीडितको नाम लाभग्राहीको सूचीमा छ । ती मध्ये झण्डै ५४ हजारले पहिलो किस्ताको अनुदान रकम बुझेका छन् ।