५० हजार घुस सहित समातिए गुठी संस्थान भक्तपुरका सूचना अधिकारी

0
515

भक्तपुर, १४ चैत्र । गुठी संस्थान शाखा कार्यालय भक्तपुरका सहायक प्रशासक एवं सूचना अधिकारी छत्रबहादुर पौडेललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुससहित पक्राउ गरेको छ । टोलीले पौडेललाई सूर्यविनायक स्थित कार्यालयबाटै सेवाग्राहीसँग ५० हजार रुपैयाँ घुस लिदै गर्दा पक्राऊ गरेको हो ।

गुठीको जग्गा जोत नामसारी गरिदिने प्रलोभन देखाएर घुस रकमको माग गरेको सूचनाको आधारमा टोलीले निगरानी गर्दा घुस रकम लिदै गर्दा पक्राउ गरिएको अख्तियारले जनाएको छ ।