एसिसी इमर्जिङ टिम्स कप क्रिकेट : आज बंगलादेश र नेपाल भिड्ने

0
454

काठमाडौं, १५ चैत्र । एसिसी इमर्जिङ टिम्स कप क्रिकेटमा नेपाल पाकिस्तानसँग ६ विकेटले पराजित भएको छ । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले पाकिस्तानको २३ वर्षमुनिको टिमलाई १ सय ८१ रनको लक्ष्य दिएको थियो । पाकिस्तानले ४५ ओभर १ बलमा ४ विकेट जाँदा लक्ष्य पूरा गरेको हो । पाकिस्तानका लागि इमाम उलहकले सतक बनाए । १ सय ३५ बलका खेलेका उनले ९ चौकाको मद्धतमा अभिजित १ सय ४ रन बनाए । नेपालका ज्ञानेन्द्र मल्ल र सन्दिप लामिछानेले दुई दुई विकेट लिए ।

पहिले ब्याटिङ गरेको नेपालले निर्धा्रित ५० ओभरमा ९ विकेटको क्षतिमा १ सय ८० रन बनाएको हो । नेपालका लागि सुनिल धमलाले १ सय २५ बलमा ४३, शरद भेषवाकरले ५९ बलमा ३८, विनोद भण्डारीले ३२ रनमा २४ तथा आरिफ शेखले ३० बलमा नटआउट १८ रन बनाए । यस्तै दिपेन्द्र सिंह ऐरीले २९ बलमा १४, सागर पुनले चार बलमा चार, सुसन भारीले पाँच बलमा तीन तथा कप्तान ज्ञानेन्द्र मल्लले १८ बलमा दुई रन बनाएका थिए । पाकिस्तानका गुलाम मुदास्सारले पाँच, ओसामा मिरले दुई तथा बिलाल आसिफ र जाफर गोहरले एक एक विकेट लिए ।

खेल तालिकानुसार नेपाल समूह ‘बी’ मा छ । समूह ‘बी’मा आयोजक बङ्गलादेश, पाकिस्तान र हङकङ छन् । त्यस्तै समूह ‘ए’ मा भारत, श्रीलङ्का, अफगानिस्तान र मलेसिया छन् । दोस्रो खेलमा नेपालले मंगलबार बंगलादेशसँग खेल्नेछ ।
एसिसी इमर्जिङ टिम्स कप क्रिकेटमा अस्वस्थताका कारण पारस खड्का टिममा छैनन् । स्पिनरद्वय शक्ति गौचन र वसन्त रेग्मी तथा पहिलो रोजाइका फाष्ट बलर सोमपाल कामीलाई पनि आराम दिइएको छ ।

तर, क्षतिपूर्ति नै उपलब्ध गराउन सहमत भएन,’ उनले भने। आईओसी–निगमबीच सन् १९७४ देखि इन्धन सम्झौता भई इन्धन कारोबार सुरु भएको हो। हालको इन्धन सम्झौता मार्चमा सकिएर नयाँ सम्झौता अप्रिल १ बाट लागू हुनेछ। नयाँ सम्झौता मार्च २०२२ सम्म लागू हुनेछ। रक्सौल–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनलाई मोतीहारीसम्म लम्ब्याउने सम्झौता यसअघि नै भइसकेको छ । यस्तै आईओसीले नेपालमा सयवटा आधुनिक पेट्रोल पम्प बनाइदिने भएको छ । आपूर्ति मन्त्रालयको पहलमा भारतको गोरखपुरदेखि रुपन्देहीको भैरहवासम्म प्राकृतिक ग्यासको पाइपलाइन बिछ्याइने भएको छ। यो पाइपलाइनबाट आयात हुने ग्यास बाल्न होइन, रासायनिक मल उद्योग सञ्चालनका लागि खपत हुनेछ ।

नेपालले अमलेखगञ्जदेखि चितवनको लोथरसम्म ९० किलोमिटर लामो पेट्रोलियम पाइपलाइन बनाउने भएको छ। सो दूरीमा बन्ने पाइपलाइनको निर्माण खर्च नेपालले नै व्यहोर्नेछ। तर, निर्माणअघिको अध्ययन र प्राविधिक सहयोग आईओसीले निःशुल्क गर्ने सहमति भएको श्रेष्ठले जानकारी दिए ।