आरआरमा आज स्ववियु निर्वाचन

0
458

काठमाडौं, १५ चैत्र ।पटक पटक विवाद भएर स्थगित भएको रत्नराज्य लक्ष्मी क्याम्पस(आरआर)को स्ववियू निर्बाचन आज(मंगलबार) भइरहेको छ । आज विहान आठ बजेबाट मतदान सुरु भएको छ ।
निर्वाचन कार्यतालिका अनुसार अहिले बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म मतदान सुरु भएको बताइएको छ । निर्वाचनमा एमालेनिकट अनेरास्ववियु, कांग्रेस निकट नेविसंघ बीच मुख्य प्रतिस्पर्धा हुने बुझिएको छ ।

यता माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी)मतदान प्रक्रियामा भाग नलिने भएको छ । क्रान्तिकारीले विधि र प्रक्रिया नपुगेको तथा परिक्षाकै बीचमा निर्बाचन गराएको भन्दै विरोध जनाएको छ ।

विधि र प्रक्रिया नपुगेको तथा एकलौटी निर्बाचन गराउन खोजिएको भनेर विरोध जनाइरहेको नेवि संघले आइतबार मनोनयन दर्ताको लागि तोकिएको समयभित्र गएर आफ्नो तर्फबाट १२ जनाको उम्मेदवारी दर्ता गराएसँगै निर्बाचनको माहोल बनेको हो ।

निर्बाचनमा अनेरास्ववियुबाट टपेन्द्रबहादुर शाही, नेविसंघबाट उत्तम साउदको समूह चुनावी मैदानमा छ । क्रान्तिकारीबाट ध्रुवराज वाग्लेको समूह चुनावी मैदानमा भए पनि मतदान प्रक्रियामा सामेल नहुँने भन्दै भद्र आन्दोलनमा छ ।

त्यस्तै नयाँ शक्ति पार्टी, वैद्य नेतृत्वको माओवादी र विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी्निकट विद्यार्थी संगठन संयुक्त प्यानल बनाएर अरबन्द्रि भट्टराईको नेतृत्वमा मैदानमा छ ।

एमाले निकट अनेरास्ववियूको गढ मानिने आरआरमा यसपटक भने अन्य संगठनहरु गण भत्काउने कसरतमा छन् ।

क्रान्तिकारीले विद्यार्थी संगठनहरुले क्याम्पस प्रशासनको मिलेमतोमा क्याम्पसमा क्रियाशील विद्यार्थी संगठनहरुलाई उम्मेदवार मनोनयन दर्ता गर्नसमेत नदिइएको, यसै अवधिमा स्नातकोत्तर तहको परीक्षा सञ्चालन भइरहेको, क्याम्पसमा विभिन्न तहको भर्ना जारी रहेको, फर्जी भर्नालाई वैधानिकता दिने अभिप्रायले क्याम्पसमा भएको आगजनीको घटनाको कुनै छानविनसमेत नगरेको आरोप लगाएको छ।