म्यादी प्रहरीमा महिला र विद्यार्थीको आवेदन धेरै

0
348

खोटाङ, १५ चैत । खोटाङमा म्यादी प्रहरीमा भर्ना हुन युवाहरु आकर्षित भएका छन् । सरकारले स्थानीय तहको निर्वाचनका लागि भन्दै देशभरबाट म्यादी प्रहरीका लागि ७० हजारको आवेदन माग गरेको छ ।

चार दिनको अवधिमै खोटाङमा २ हजार ७ जनाभन्दा बढीको आवेदन परेको जिल्ला प्रहरी कार्यालय खोटाङले जानकारी दिएको छ ।

निर्वाचनमा खटिने म्यादी प्रहरीलाई पनि प्रहरी जवान सरह पोसाक, तलव भत्ता र रासन उपलब्ध गराइने भएपछि खोटाङमा अधिकांश महिला र विद्यार्थीहरुको दरखास्त परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

खोटाङमा छनोट भएका म्यादी प्रहरीलाई छिमेकी जिल्लामा समेत खटाइने भएको छ । म्यादी प्रहरीले नेपाल प्रहरी, शसस्त्र प्रहरी र नेपाली सेनासँगै समन्वयमा काम गर्नुपर्ने छ ।