नारायणगढ–मुग्लिन सडक ६ घण्टा बन्द

0
507

चितवन, १५ चैत । नारायणगढ(मुग्लिन सडक खण्ड आजदेखि ६ घण्टा वन्द हुने भएको छ । बर्षा अघिनै मूख्य काम सम्पन्न गर्ने लक्ष्यसहित स्तरोन्नतिको क्रममा रहेको खडक खण्ड ६ घण्टा बन्द हुने भएको हो । आयोजनाले यस अघिनै चैत १५ देखि सडकखण्ड दैनिक बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म वन्द हुने जनाएको थियो ।

तीव्र गतिमा काम सम्पन्न गर्न वन्द समय बढाएर ६ घण्टा र्पुयाएको आयोजनाले जनाएको छ । यसअघि पनि दैनिक साढे चार घण्टा सडक बन्द हुने गरेको थियो ।

सडक खण्डलाई सन् २०१७ अप्रिल सम्ममा काम सम्पन्न गर्ने गरी चार लेनको सडक विस्तार भइरहेको छ । एसियाली मापदण्ड अनुरुपको दुई लेनको बनाउने काम दुई वर्षअघि सन् २०१५ को अप्रिलबाट सुरु भएको थियो ।

निर्धा्रित समय सकिनु एक महिना मात्रै बाकी रहदा आयोजनाको काम भने ४१ प्रतिशत मात्र सकिएको छ । नेपाल भारत क्षेत्रीय व्यपार तथा यातायात आयोजना अन्तर्गत विश्व बैंकको करिब तीन अर्ब रुपैया ऋण सहयोगमा विस्तारको काम भइरहेको छ ।

३६ किलोमिटर लामो नारायणगढ-मुग्लिन सडकमध्ये ३३ किलोमिटरमा विस्तारको काम जारी छ ।