एस बी एस सि नेपालले मनायो ११औं बार्षिक उत्सव : बिद्यार्थीहरु लक्ष्यीत आकर्षक यस्ता छन्

0
838

काठमाडौं, १६ चैत्र । शैक्षिक परामर्श क्षेत्रमा क्रियाशिल एसबीएससी नेपालले ५ जना विद्यार्थीलाई अष्ट्रेलिया पठाउन सहयोग गर्ने भएको छ । एसबीएससीले प्रदान गर्ने अष्ट्रेलियन स्कोलरसिप स्कीम अन्तर्गत अष्ट्रेलियाको लागि आवेदन दिने सफल बिद्यार्थी संख्या ५० पुगे पछि यो सुविधा लागू हुनेछ । गोला प्रथाबाटा ५ जनालाईब नेपालबाट—अष्ट्रेलिया जाने एकतर्फी हवाई टिकट बराबरको रकम प्रदान गरिने संस्थाका बुद्धिप्रसाद रेग्मीले जानकारी दिनुभयो ।

स्थापनाको ११ औं वर्ष प्रवेश गरेको अवसरमा यो अफर ल्याईएको हो । एसबीएससीबाट प्रकृया थालेर सफल रुपमा अष्ट्रेलिया जाने ५ जना बिद्यार्थीलाई अष्टे«लियन डलर एक हजार एक सय प्रदान गरीने छ । अष्ट्रेलिया जाने सफल बिद्यार्थी संख्या एक सय पुगेपछि गोला प्रथाबाट एक जना बिद्यार्थीलाई अष्टे«लियन डलर एघार हजार प्रदान गरीने रेग्मीले जानकारी दिनुभयो ।

एसबीएससी नेपालले मंगलबार राजधानीमा एक बृहत कार्यक्रमको आयोजना गरी आफ्नो ११ औँ वार्षिकउत्सव मनाएको छ । राजधानीको अल्फा बिटामा आयोजना गरिएको उक्त कार्यक्रममा लोकगायक बद्री पंगेनी,  गायिका कोमल वली, हास्यकलाकार जितु नेपाल मुन्द्रे, दीपकराज गिरी लगायतको उपस्थिती रहेको थियो । उनीहरुले विभिन्न प्रस्तुतीका साथै शुभकामना  दिएका थिए ।