नुवाकोटको सुर्यगढि गाउंपालिका २ को अध्यक्षमा एमाले नेता निरज अधिकारी उमेद्धार बन्ने ।

0
1070

नुवाकोट, १६ चैत्र । आगामी बैशाख ३१ गते हुन लागेको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट नुवाकोट सुर्यगढि गाउंपालिका वडा नम्बर २ बाट युवा नेता निरज अधिकारीले वडा अध्यक्षमा उठ्ने तयारी गरेका छन् । २०६७ सालबाट नेपालटारको एन आर र ग्रामिण क्याम्पसबाट विद्यार्थी राजनितीमा होमिएका अधिकारी त्यस क्षेत्रमा लोकप्रिय नेता मानिन्छन् ।

एमालेका जिल्ला स्तरिय नेताहरुसँगको छलफलपछि एमाले नुवाकोटले अधिकारीलाई उक्त वडाको वडा अध्यक्षमा उठाउने तयारी गरेको । एमालेको राम्रो पकड रहेको त्यस क्षेत्रबाट अधिकारीले वडा अध्यक्षमा जित्ने बलियो सम्भावना देखिएको छ ।

पार्टीका विभिन्न गतिविधिहरुमा सक्रिय रहँदै आएका अधिकारीलाई पार्टीका सबै नेताहरुको राम्रो साथ रहेको छ । उनको लोकप्रियता, सक्रियता र पार्टीले गरेको सर्पोटलाई हेर्दा उनले वडा अध्यक्षमा जित्ने लगभग पक्का रहेको श्रोतले बताएको छ । सबैसँग राम्रो सम्बन्ध भएका प्रभावशाली तथा लोकप्रिय युवा नेता अधिकारी विभिन्न सामाजिक कार्यमा पनि संलग्न हुँदै आएका छन् ।