चैत्र १६ काठमाडौ।
एनआइसी एशिया बैंकको आजबाट १० बराबर १।५० कित्ता हकप्रद सेयर निष्कासन खुला भएको छ । । बैंकले कुलचुक्ता पूँजीको १५ प्रतिशतले हुन आउने ८७ करोड २९ लाख ४७ हजार पाँच सय रुपैयाँ बराबरको प्रतिकित्ता एक सय रुपैयाँ दरले ८७ लाख २९ हजार ४ सय ७५ कित्ता हकप्रद सेयर बिक्री खुला गरेको हो ।
बैंकले हकप्रदका लागि बैकले चैत ६ गते सम्म बैंकको सेयर स्वामित्व प्राप्त गरेका सेयरधनीले १५ प्रतिशत हकप्रद भर्न पाउनेछन् ।
बैकको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट रहेको छ । हकप्रद सेयर बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केटका साथै,एनआइसी एशिया बैंकको मुख्य कार्यालय थापाथली तथा बैकका विभिन्न स्थानमा रहेका शाखा कार्यालयबाट शेयर भर्न सकिने छ । बैंकको हकप्रद वैशाख १९ गते सम्म भर्न सकिनेछ ।
आठ अर्ब रुपैयाँ चुक्ता पूँजी पुर्याउन बैकले १५ प्रतिशत हकप्रद सेयर जारी गर्न लागेको हो । बैंकको हाल कुलचुक्ता पुँजी पाँच अर्ब ८१ करोड ९६ लाख रुपैयाँ रहेको छ । हकप्रद सेयर निष्कासनपछि बैंकको चुक्ता पूँजी छ अर्ब ६९ करोड २५ लाख रुपैयाँ पुग्ने बैकले जनाएको छ ।