स्वदेशी लघुवित्तको ३ करोडको आइपीओ आउँदै

0
560

काठमाडौ चैत्र १६ ।
स्वदेशी लघुवित्त वित्तीय संस्थाले चैत २५ गतेदेखि ३ करोड रूपैयाँको आइपीओ जारी गर्ने भएको छ । छिटोमा चैत २९ ढिलोमा बैशाख ८ गते सम्म आवेदन दिन सकिनेछ । कम्पनीको कुल तीन करोड मध्ये २ लाख ७३ हजार कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन पाउँने छन् । भने बाँकी सेयर कर्मचारी र सामुहिक लगानी कोषको लागि छुट्याइएको छ ।

न्युनत्तम ५० देखि अधिकत्तम १५ सय कित्ता सेयरसम्म आवेदन दिन सकिनेछ ।प्रतिकित्ता १ सय रुपैयाँको दरले जारी हुने साधरण सेयर एनएमबी क्यापिटल, एनएमबी बैंकका शाखाहरु र स्वदेशी लघुवित्तका कार्यालयबाट आवेदन दिन पाइने छ ।

कम्पनीले सेयर जारी पछि लघुत्तिको चुक्ता पुँजी १० करोड रुपैयाँ पुग्नेछ ।
हाल देशका ७५ वटै जिल्लामा कार्य क्षेत्र रहेको कम्पनीले विभिन्न ३९ वटा जिल्लामा वित्तिय सेवा प्रदान गरेको छ । कम्पनीले  चालु आवको पुससम्ममा १ अर्ब ५ करोड रुपैयाँ कर्जा लगानी गरी २१ करोड रुपैयाँ संकलन गरेको छ । कम्पनीले यस अवधि सम्ममा १ करोड ३५ लाख नाफा कमाएको छ ।