दुई दिन भन्दा टिक्न सेयर बजारको सुधार,२२ अंकभन्दा बढीले गिरावट,कारोबार रकम पनि घट्यो

0
506

काठमाडौ चैत्र १६ ।दुई दिन निरन्तर बढेको सेयर बजारमा पुन गिरावट आएको छ ।दुई दिनको अवधिमा ३ अर्बको कारोबार भएको बजारमा बुधबार गिरावट देखिएको हो । बुधबार २२ अंक भन्दा बढीले बजार घटेर नेप्से परिसुचक १५ सय ८८ अंकमा कायम भएको छ । कारोबार रकम पनि घटेर २ अर्ब ५४ करोडमा सीमित भएको छ । चुनावलाइ देखाएर बढाइएको बजार पुन ओरालो लाग्न सुरु गरेको छ । मंगलबार सेयर बजारमापक नेप्से ७६।७९ विन्दुले बढेर १६१०।६२ मा पुगी रोकिएको थियो ।  मंगलबार नेप्से अत्यधिक बढेका कारण नेपाल स्टक एक्सचेन्ज लिमिटेडले तीन पटक सर्किट ब्रेकर लगाउनुपरेको थियो तर बुधबार भने एकाएक बजार ओरालो लागेको छ ।जसले गर्दा लगानीकर्ता निराश भएका छन् ।