इराकको राजधानी बगदादमा आत्मघाती ट्रक हमला, १५ जनाको मृत्यु

0
479

एजेन्सी, १७ चैत्र । इराकको राजधानी बगदादमा एक आत्मघाती हमला भएको छ । राजधानी बगदादमा भएको आत्मघाती ट्रक हमलामा कम्तिमा १५ जनाको मृत्यु भएको इराकी अधिकारीहरुलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

घटनामा प्रहरी अधिकारीसहित झण्डै ४५ जना घाइते भएका छन् । एक गाडी प्रहरी नाकतर्फ उडेकै समयमा घटना भएको हो । घटनाको अहिले सम्म कुनै पनि समूहले जिम्मेवारी लिएका छैनन् । इराकमा मुश्लिमी अतिवादी संगठन इस्लामिक स्टेट (आईएस)ले आक्रमण गर्दै आएको छ ।

यो घटनामा पनि आईएसको हात भएको सरकारी अधिकारीहरुको दाबी छ ।