२४ बर्ष लागे अनमोल केसी : बजारमा बढ्दो क्रेज

0
469

काठमाडौं, १७ चैत्र । अहिलेका स्टार नायक अनमोल केसीको आज जन्म दिन परेको छ ।लाखौ युवा युवतीको मनमा बस्न सफल नायक अनमोल केसी आज बाट २३ बर्ष पुरा भएर २४ बर्षमा लागेका छन् ।सन् १९९४ साल मार्च ३० गते बिहान ११.३० बजे ओम नर्सिङ्गमा सुष्मिता केसीको कोख बाट अहिलेका स्टार नायक अनमोल केसी जन्म लिएका थिए ।

सदाबहार अभिनेता भुबन केसी र सुस्मिता केसीका एक्ला छोरा हुन अनमोल विशेषगरी युवाहरुमाझ चर्चित छन् ।अझ भनौँ नेपालमा अनमोल क्रेजले चलचित्रमा छुट्टै स्थान बनाएको छ भन्नेको कुराको ज्वलन्त प्रमाण हुन् उनीहरु अभिनित चलचित्रहरुले प्रस्तुत गरि सकेको छ ।

साथी म तिमोको एउटा गीत बाट नेपाली चलचित्रमा डेब्यू गरेका अनमोलले होस्टल जेरी,ड्रिम्स,गाजलु जस्ता सफल चलचित्रमा अभिनय गरि सकेका छन् । अनमोलको नयाँ चलचित्र ‘कृ’ फ्लोरमा नजादै यसको चर्चा निकै चुलिएको छ । भदौ ८ गते रिलिज हुने ‘कृ’ छिट्टै फ्लोरमा जादैछ ।